५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीको यौन दुव्र्यवहार….

५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीको यौन दुव्र्यवहार….


काठमाडौं – कञ्चनपुरमा ५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन दुव्र्यवहार गरेका छन् । अहिलेसम्म महिला तथा बालिकाहरु बलात्कृत भएको घटना घट्दै आएकोमा झाँक्री धामीले भने बालकको मुखमा लिंग घुसाएका हुन् ।

झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिंग घुसाएर ‘माउथ सेक्स’ गरेको पीडित परिवारले जनाएको छ ।छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए ।

बेलुका खाना खाएर झाँक्री बालकसँगै सुतेका थिए । म बालकसँग नै सुत्छु भन्दै सुतेका धामीले मध्यरातमा विजुली गएको मौका छोपेर छोरोको मुखमा लिंग घुसाएको पीडित बालकका बाबुले बताए ।

राति विजुली गएको समयमा झाँक्रीले मुखमा लिंग घुसाईरहेको देखेपछि दुई झापड हानेर प्रहरीलाई खबर गरेको पीडित बालकका बाबुले प्रहरीसमक्ष बयान दिएका छन् । झाँक्रीलाई प्रहरीले राति नै घरबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।यो समाचार आजको नेपालसमाचारपत्रमा छ ।