गठबन्धन कांग्रेससंगै हुन्छ,सम्मानजनक नभए टुट्न पनि सक्छ : वर्षमान पुन

गठबन्धन कांग्रेससंगै हुन्छ,सम्मानजनक नभए टुट्न पनि सक्छ : वर्षमान पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको चलाखी अब नचल्ने बताएका छन् ।

सिन्धुपाल्चोकको चौतारामा शनिवार आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरुसंग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसंग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गरे ।

नेता पुनले भने, ‘स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो। आफू जित्ने ठाउँमा माओवादीलाई अरुसंग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसंग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो। अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

नेता पुनले कांग्रेसको चलाखीका बाबजुत अझै पनि कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरु रहे पनि सम्मानजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए ।

‘केपि ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ, नेता पुनले सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई प्रशिक्षण दिदै भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि केपि ओली प्रवृत्ति रहेसम्म त्यो संभावना छैन ।’

बाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भएपनि राज्यको प्राथमिकता छोडेर कम्युनिस्ट भएर धार्मिक अन्धतामा मात्र रमाउने र स्वच्छाचारीओलि प्रवृत्तिका कारण बाम गठबन्ध अहिले संभावना नभएको बताए।

स्थानीय तहको निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आएपनि माओवादी केन्द्र भरोसायोग्य पार्टीको रुपमा जनताको बीचमा स्थापित भएको र जनताले बिश्वास पनि गरेको उनले बताए ।