काठमाण्डु- संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले दुई दिनअघि नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताएका छन्।
आइतबार राष्ट्रियसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिएर फर्किँदै गर्दा सञ्चारकर्मीसँग उनले दई दिनअघि नै अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको बताएका हुन् ।
‘राजीनामा मैले पोलिटब्युरोकै बैठकमा ४८ घण्टाभित्र दिन्छु भनेर भनेको थिएँ । सवा ३ बजे मैले पार्टीमा कुरा राखेको थिएँ, अहिले ३ बज्न बाँकी नै छ। मैले राजीनामा दिएँ,’ उनले भने । उनले अन्य मन्त्रीको राजीनामाबारे आफूलाई थाहा नभएको दावी गरे ।




प्रतिक्रिया