नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागि नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा ४ मन्त्री र एक राज्यमन्त्रीलाई शपथ खुवाएकी हुन् । शपथपछि यी मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने भएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

यसअघि नेकपा एसबाट प्रेमबहादुर आले संस्कृतिमन्त्री, रामकुमार झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री र विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए । उनीहरू सरकारबाट बाहिरिसकेका छन्।