कुर्सीको दुरुपयोग गर्दिनँः मन्त्री चौधरी

कुर्सीको दुरुपयोग गर्दिनँः मन्त्री चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले कुर्सीको दूरुपयोग नगर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कुर्सीको दूरुपयोग गर्ने कुरा सोच्नसमेत नसक्ने बताएका हुन् ।

उनले आफूले पदमा रहुञ्जेल इमानदारिताका साथ काम गर्ने दावी गरे । ‘मैले पदमा रहँदासम्म इमानदारिताका साथ, मेरो योग्यता र क्षमताको आधारमा अगाडि बढ्छु। म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु’, उनले भने।

यसअघिका मन्त्रीले गरेका काम ८० प्रतिशत कम्प्लिट भएका पनि उनले दावी गरे । बाँकी रहेका कामबाटै आफूले काम सुरु गरेर १०० मा पुर्याउने उनको भनाइ छ ।