काठमाण्डु – एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले समेत आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फेरबदल गर्ने निर्णय गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।
सोमवार अबेर राति बसेको उपेन्द्र पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कार्यकारिणी सदस्यहरूले नयां मन्त्री पठाउने सबै अधिकार समेत अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ ।
कार्यकारिणीको बैठकमा बाबुराम भट्टराई पक्षमा लागेका कुनै पनि नेतालाई नबोलाइएको जसपा स्रोतले बतायो । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले नेताहरु बाबूराम भट्टराई र महेन्द्र यादवसहित केही नेताहरूलाई कारवाही गर्ने अधिकार पनि यादवलाई दिएको छ ।
कार्यकारिणीको बैठककै दिन यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटेका थिए । उनले नेकपा एसले मन्त्रिहरू फिर्ता बोलाएर नयां मन्त्रीहरुलाई शपथग्रहण गराएपछि अब आफ्नो पार्टीमा पनि मन्त्रिहरू फेरबदल गर्नुपर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।
जवाफमा दाहालले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भनेका थिए । दाहालकै सल्लाहअनुसार उनले हिजै सांझ कार्यकारिणी समितिको बैठक बोलाएर मन्त्रिहरू फिर्ता बोलाउने निर्णय गराएका थिए । जसपावाट नेताहरु राजेन्द्र श्रेष्ठ,रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री छन् ।




प्रतिक्रिया