काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
काडमाण्डुमा मंगलबार बिहान आयोजित सीमान्तकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धि कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाइनन् ।
सोमबार बस्नपर्ने मन्त्रिपरिषद्को नियमित बैठक एकीकृत समाजवादीका नयाँ मन्त्रीको सपथले रोकिएको थियो । उनीहरुलाई समेत क्याबिनेटमा स्वागत गर्नेगरी बैठक बोलाइएको ती मन्त्रीले जानकारी दिए।
त्यसबाहेक बैठकका नियमित योजनामाथि छलफल हुने बुझिएको छ । एकीकृत समाजवादीले नयाँ मन्त्रीको रुपमा मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीलाई पठाएको छ । भवानी खापुङलाई राज्यमन्त्रीबाट स्वास्थ्य मन्त्री बनाइएको छ ।




प्रतिक्रिया