काठमाण्डु – वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणाको तयारी गरेका छन् । उनले आज दिउँसो ३ बजे रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।
गौतमको पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) रहेको उनी निकट स्रोतले बतायो । उक्त पार्टीको अध्यक्ष गौतम आफै हुनेछन् । त्यस्तै सचिवमा डिबी कार्की रहने छन् ।
अन्य पदाधिकारी नरहने र ६९ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
तत्कालिन नेकपा विभाजन भएपछि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक भएर कम्युनिस्ट एकता गर्ने गौतमले बताउँदै आएका थिए ।
गौतमले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेर घोषणापत्र सार्वजनिक गरेका थिए ।






प्रतिक्रिया