नेकपा एसको केन्द्रीय परिषद् बैठक: प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

नेकपा एसको केन्द्रीय परिषद् बैठक: प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी)को सोमबारदेखि काठमाण्डुमा जारी केन्द्रीय परिपषद्को प्रथम बैठक आज सकिने भएको छ । गत भदौमा नेकपा एमालेबाट अलग भएपछि एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद् बैठक बोलाएको हो ।

जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा समूहगत छलफल हुँदैछ । हिजोको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न प्रदेश, भातृ संगठन र विभागमा विभाजन गरी समूह विभाजन गरिएको पोलिटब्यूरो सदस्य दिलकुमारी पन्तले जानकारी दिइन् ।