एमालेले कैलाली जिल्ला अध्यक्ष थापालाई जिम्मेवारीबाट हटायो

एमालेले कैलाली जिल्ला अध्यक्ष थापालाई जिम्मेवारीबाट हटायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले कैलाली अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई पदबाट हटाउने निर्णय गरेको हो ।

साधारण सदस्य कायमै रहनेगरी उनलाई अध्यक्ष पदबाट हटाइएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

प्रदेश कमिटीले गरेको अनुशासन कारबाहीको सिफारिश तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययनपछि सो निर्णय गरेको एमालेले जनाएको छ ।

पार्टीको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट गम्भीर प्रकृतिको अनुशासनको उल्लंघन भएको बैठकले ठहर गरेको छ ।

अध्यक्षबाट थापालाई हटाइएपछि रिक्त पदमा बहालवाला उपाध्यक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।