जबज विश्वव्यापी रुपमा नसके पनि नेपालमा लागू गर्न सक्छौँ :अध्यक्ष ओली

जबज विश्वव्यापी रुपमा नसके पनि नेपालमा लागू गर्न सक्छौँ :अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ अरु देशमा आफूहरुले लागू गर्न नसक्ने बताएका छन् ।

मंगलबार मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले जबज अरु देशमा आफूहरुले लागु गर्न नसक्ने दावी गरेका हुन् ।

जनताको बहुदलीय जनवाद विश्वव्यापी रुपमा लागू गर्न नसकिए पनि नेपालमा भने लागू गर्नसक्ने उनको भनाई छ । ‘जबज विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौं तर नेपालमा सक्छौं । अन्यत्र गएर लागू गर्न सक्दैनौं । यसको सहीपना, सफलताको अवश्यंभावीतालाई बुझे अरुले पनि लागू गर्न सक्लान् ।’, उनले भने ।

मदन भण्डारीले देशको समस्या बुझेर जबजको निदान गर्नु भएको पनि उनले बताए । जबज नेपाली समाज, व्यवहार, संघर्षबाट पृथक रहेर नभई ती सबैसँग गाँसिएर आएको उनले दावी गरे । ‘जुन चिन्तन हो, त्यसलाई व्यवहारमा गाँस्न सकिएन भने त्यो व्यवहारिक हुँदैन ।’, उनले भने ।