काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार एकता राष्ट्रिय अभियान नामक पार्टीको औपचारिक घोषणा गरेका गौतम ओली भेट्न बिहीबार बालकोट पुगेका हुन् ।
उनीहरुबीचको भेटवार्तामा सम्भव भए बाम एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने विषयमा छलफल भएको जनाइएको छ । गौतमले ओलीपछि अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेट गर्ने तयारी छ ।
प्रदेश र संघको चुनाव नजिकिँदै जाँदा नयाँ दलको घोषणा गरेका गौतमले आगामी ३ महिना एकताका लागि गृहकार्य गर्ने बताएका थिए। सोही अनुसार गौतम कम्युनिस्ट नेताहरु भेटघाटका लागि निस्किएका हुन् । गौतमले दलको घोषणा गरेपनि निर्वाचन आयोगमा दर्ता भने गराएका छैनन् ।




प्रतिक्रिया