जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

बैठक दुई दिनसम्म चल्ने छ ।  पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेका थिए ।

उनको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरुले विरोध गर्दै आएका छन् । यहीबीचा जसपाको बैठक बोलाइएको हो ।

Avatar