सशस्त्र प्रहरीमा १३ एसएसपीहरुको सरुवा, महानिरीक्षकको सचिवालयमा भट्ट

सशस्त्र प्रहरीमा १३ एसएसपीहरुको सरुवा, महानिरीक्षकको सचिवालयमा भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरी बलका एसएसपीहरुको सरुवा भएको छ । सशस्त्र प्रहरी बल मुख्यालयले शुक्रबार भर्खरै एसएसपीमा बढुवा भएका र कामु १३ जना एसएसपीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेमा एसएपीहरु कृष्णराज पाठक मुक्तिनाथ बाहिनी कांस्की, दीपेन्द्र शाह,युएन शान्ति स्थापना तालिम केन्द्र नुवाकोट र सुरेश कुमार श्रेष्ठ हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा सरुवा भएको छ ।

त्यसैगरी विष्णु भट्ट महानिरीक्षकको सचिवालय, दिपेन्द्र कुवर प्रबन्ध महाशाखा, र कमल तिउसीनाको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।