बागमतीका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने

बागमतीका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशको मुख्यमन्त्री तत्काल नछाड्ने भएको छ । एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।

संसदीय दलका उपनेता कृष्ण खनालले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनले निर्णय नगरेसम्म मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने बताएका हुन् ।

केन्द्रीय गठबन्धनको निर्णय बिना मुख्यमन्त्री पाण्डेले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने उनको भनाइ छ ।
‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन’, खनालले भने ।