विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको छानबिन समितिको निष्कर्ष

विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको छानबिन समितिको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले बताएको छ । 

शनिबार सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै वलीले आवेगमा बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको ठहर गरेको हो । विमलाले एकराजसंग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको जनाइएको छ । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने दावी गरे । 

राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरेकी थिइन् । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो । विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी र १५ गते राजीनामा स्वीकृत भएको थियो ।