एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा (एमाले) को  केन्द्रीय सचिवालयको बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने उक्त बैठकले संघीय निर्वाचनको तयारीका साथै ७ वटा बिषयमा छलफल गर्नेछ ।

आजको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण र विभागहरूको काम व्यवस्थापन लगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने एमाले प्रचार विभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।