काठमाण्डु – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकमा ९ एजेण्डामाथि छलफल गर्ने भएको छ ।
राष्ट्रियसभा गृहमा भर्खरै सुरू भएको बैठकमा छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९ वटा एजेण्डा तय गरेका हुन् ।
बैठक ३ दिनसम्म सञ्चालन हुने माओवादीले जनाएको छ ।
यस्ता छन् बैठकका एजेण्डाः
१. सहिदहरूप्रति श्रद्धाञ्जली
२. केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण
३. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी
४. प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट
५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट
६. संगठनात्मक विषय र संरचनाबारे
७. स्थानीय निर्वाचनको समीक्षा
८. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे
९. विविध




प्रतिक्रिया