प्रचण्डको प्रतिवेदन : गठबन्धनमा कांग्रेस स्वार्थी भयो

प्रचण्डको प्रतिवेदन : गठबन्धनमा कांग्रेस स्वार्थी भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका छन् ।

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० पानाको ‘संक्षिप्त राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका हुन् । उक्त प्रतिवेदनमा पहिलो स्थानीय तह निर्वाचन र अहिले सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामको तुलनात्मक विश्लेषण गरिएको छ ।

जसमा अध्यक्ष प्रचण्डले सत्तारूढ गठबन्धनका दलहरूलाई अघिल्लो निर्वाचन २०७४ भन्दा अहिले ‘लाभ’ भएको उल्लेख गरेका छन् । उनले बैशाख ३० २०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रसले प्रमुख÷अध्यक्षमा ६३ पद बढी जित्न सफल भएको उल्लेख गरेका छन ।

‘हाम्रो पार्टाी (माओवादी केन्द्र) ले १६ सिट बढी ल्याएको छ भने जसपा र जनमोर्चाले पनि पहिलेको तुलनामा केही सिट सङख्या बढाएका छन्,’ प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा ‘यस पटकको स्थानीय तहको चुनावमा नेकपा एमालेले नराम्रोसँग हार बेहोर्नु परेको’ भनेर उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पहिलेको तुलनामा उसले ८८ सिट गुमाएको छ ।’

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यस पटकको निर्वाचनमा ९ सिट गुमाएको प्रतिवेदनमा उल्लेख छ । ‘नेकपा एसले गठन भएको छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र अन्य पार्टीहरू नयाँ भएर पनि अस्तित्व कायम गर्न सफल भएका विषय प्रचण्डको प्रतिवेदनमा समेटिएको छ । यस्तै उपप्रमुखरउपाध्यक्षमा नेपाली कांग्रेसले पहिलेको तुलनामा ७७ पद थप गरेको र माओवादी केन्द्रले पहिलेको तुलनामा २३ पद बढाएको उल्लेख छ ।

एमालेले ९१ पद गुमाएको कुरा उल्लेख छ भने, लोसपाले पनि पहिलेको तुलनामा २३ सिट गुमाएको उल्लेख छ ।नगरपालिकाको मत विश्लेषणमा कांग्रेस ४८ प्रतिशत नगरपालिकाको प्रमुखमा विजयी भएको र एमाले २८ प्रतिशतमा सीमित रहेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै उनले यो पटकको चुनावमा कांग्रेस स्वार्थी भएको उल्लेख गरेका छन् । प्रचण्डले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक म तबदर भएको पनि बताएका छन् ।