काठमाण्डु- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको निरिक्षण गरेका छन् । उनले आइतबार बलम्बु पुगेर त्यहांको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका हुन् ।
महानिरीक्षक अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गर्नुका साथै अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक संरचना तथा श्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी लिएका थिए ।
उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि कमि कमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशिल रहन निर्देशन दिएका थिए ।
महानिरीक्षक अर्यालले ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश लगायतको निरीक्षण र अनुगमन गर्नुका साथै जनरल वार्ड, आईसीयू, एचडीयू र भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका थिए ।







प्रतिक्रिया