काठमाण्डु- नेपाली सेनाले दक्षिण कोरियास्थित नेपाली दूतावासमा सैनिक सहचारी खटाउने भएको छ । सरकारले कोरियासंग सेनाको सम्बन्ध बढ्न थालेपछी सैनिक सहचारी राख्ने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आइतबार दक्षिण कोरियामा सैनिक सहचारी राख्ने निर्णय भएको जानकारी दिईन । सैनिक सहचारी राख्ने निर्णय भएपनी छनौट भने भइसकेको छैन ।
अहिले सेनाले अमेरिका,चीन,भारत,बङगलादेश,पाकिस्तान,बेलायत र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ हेर्ने नेपाली नियोगमा सैनिक सहचारी खटाउने गरेको छ ।
सेनाले यसअघि भारत र चीनमा सहायकरथी र अरु मुलुकहरुमा महासेनानीलाई सैनिक सहचारीका रुपमा खटाउने गरेको थियो । तर, तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै ठाउंमा महासेनानीलाई जिम्मेवारी दिएका थिए ।




प्रतिक्रिया