जसपाले तीन मन्त्री फिर्ता बोलायो :राई, यादव र सिंहले मन्त्रीको सपथ लिंदै

जसपाले तीन मन्त्री फिर्ता बोलायो :राई, यादव र सिंहले मन्त्रीको सपथ लिंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । जसपाले इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहलाई नयां मन्त्रीको लागि सिफारिस गरेको छ ।

राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुपमा सिफारिस गरिएको छ । उनिहरुको सपथ आजै हुने सम्भावना छ ।

जसपाले कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको जसपा स्रोतले बतायो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले नयां मन्त्रीहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार सांझ बुझाइसकेका छन् ।