काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री भएका पुराना चारमध्ये तीन जनालाई फिर्ता बोलाएर नयाँ पठाइएपछि प्रधानमन्त्री देउवाले सोमबार मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् हेरफेर भएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ। नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ।
जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष बाबुराम भट्टराईबीच विवाद बढ्दै गएपछि यसअघि देउवा सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरिएको थियो ।






प्रतिक्रिया