राप्रपाले किन गर्‍यो वार्ता समिति भंग ?

राप्रपाले किन गर्‍यो वार्ता समिति भंग ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठन गरेको वार्ता समिति भंग गरिएको छ । महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा गठन भएको वार्ता समिति अध्यक्ष राजेन्द्र लिङ्देनले हालै भंग गरेका हुन् ।

तत्कालका लागि वार्ता र संवादका काम सकिएकाले उक्त समिती हालै भंग गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । महामन्त्री राणा नेतृत्वको वार्ता टोलीले विभिन्न पक्षसँग वार्ता गरेको थियो ।

वार्ता समितिलाई समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्य गर्ने जिम्मेवारी केन्द्रीय समितिले दिएको थियो । तर, हुँदै नभएको एसएमएस काण्डले वार्ता समिति भंग गरिएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार एक नेताले पार्टीकै एक नेतृलाई पठाएको एसएमएस झुक्किएर अध्यक्ष राजेन्द्र लिङ्देनकी पत्नीको मोबाइलमा पुगेको थियो । उक्त एसएमएस पढेका लिङदेनले वार्ता समिति नै भंग गरिदिएको स्रोतले बतायो । तर उक्त एसएमएसमा के थियो भन्नेबारे भने खुलाइएको छैन ।