एसपीपी अगाडि बढाउन निर्देशन दिएको प्रमाण पेस गर्न अध्यक्ष ओलीको चुनौती

एसपीपी अगाडि बढाउन निर्देशन दिएको प्रमाण पेस गर्न अध्यक्ष ओलीको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीबारे तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रका बारेमा आफू नेतृत्वको सरकारलाई जानकारी नदिइएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले एसपीपी स्वीकार गरेको कुरामा कुनै सत्यता नभएको बताएका हुन् ।

‘अब चाँही अति नै भयो। सरकारले यथार्थ कुरा बाहिर ल्याउनुपर्यो । एसपीपीको विषय के हो ? एकजना सत्तापक्षका नेताले मेरै पालामा आएको थियो र पछि हामीले रद्द गरेको भन्नुभयो । यस्तो भ्रम राज्यमा बसेका नेताहरुले गर्न पाउँदैनन्। तत्कालीन प्रधानमन्त्री र प्रधानसेनापतिको हैसियतमा मैले कुनै निर्देशन दिएको सबुत भए पेश गर्नु । म चुनौतीका साथ के भन्न चाहन्छु भने २०७२ साल भदौं २४ गते संविधान जारी हुनु भन्दा १० दिन अगाडि नेपाली सेनाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिताका सम्बन्धमा पत्राचार गरेको रहेछ’, उनले भने ।

उनले एसपीपीको सम्बन्धमा त्यतिबेला रक्षामन्त्रीलाई कुनै पनि कुरा अवगत नगराएको दावी गरे । ‘सरकार परिवर्तित भएको र नव गठित सरकारलाई जानकारी गराइएको थिएन। यसमा नेपाली सेनाको यस्तो चर्चामा आउनुपर्ने संस्था होइन । किन आयो भने सेनाले सोझै विदेशी दूताबासलाई पत्राचार गर्ने कुरा गर्ने यी कुटनीतिक मर्यादा प्रचलन केही अनुसार पनि भएनन् । त्यति बेला प्रधानमन्त्री रक्षामन्त्रीलाई कुनै कुरा पनि अवगत गराइएन । त्यसपछि यो विषय चुपचाप रह्यो कसैले चर्चा पनि गरेन’, उनले भने ।