काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
जसपाले मन्त्रीहरु महिन्द्रराय यादव, रेणु यादव, रामसहाय यादवलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाएको थियो । यसभन्दा अघि जसपाबाट मन्त्री बनेका राजेन्द्रप्रसाद श्रेष्ठ भने यथावत् छन् ।




प्रतिक्रिया