संघीय चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

संघीय चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निर्वाचनका बारेमा छलफल गर्न प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयोगका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी चुनावका बारेमा छलफल गर्न आज अपराह्न ४ बजे आयोगका पदाधिकारीहरुलाई आफ्नो निवास बालुवाटार बोलाएका हुन् ।

आयोगका अनुसार उनीहरुबिच प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव कहिले र कसरी गर्ने भन्ने विषयमा छलफल हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा आयोग पुगेको छ ।

त्योभन्दा ढिलो गरे हिमाली भेगमा निर्वाचन गराउन कठिन हुने आयोगको भनाइ छ । त्यसैगरी असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणा हुनेसमेत आयोगले अपेक्षा गरेको छ ।