अर्थमन्त्री प्रकरणले संसद बैठक प्रभावित, सभामुख सापकोटा दलका प्रमुख सचेतकसँग परामर्शमा

अर्थमन्त्री प्रकरणले संसद बैठक प्रभावित, सभामुख सापकोटा दलका प्रमुख सचेतकसँग परामर्शमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्ने भएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक २ बजे सम्मलाई स्थगित गरिएको हो ।

बैठक बस्नुअघि सभामुख अग्नि सापकोटा सहमतिको प्रयासस्वरुप दलहरुका प्रमुख सचेतकसँग आन्तरिक छलफलमा जुटेका छन् । नयाँ बानेश्वस्थित संसद भवनमा काँग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायत बिच परामर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा एमालेका प्रतिनिधि भने सहभागी छैनन् । अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएपछि उक्त प्रकरणले प्रतिनिधिसभाको बैठकसमेत प्रभावित भएको छ ।

एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिए संसद चल्न दिने बताउँदै आएको छ । आजको संसद बैठकमा आफ्ना भनाई राख्ने कार्यसूची रहेको थियो । तर, एमालेले अर्थमन्त्रीलाई रोष्टम प्रयोग गर्न नदिने बताउँदै आइरहेको छ।
दलहरू आन्तरिक छलफलमा जुटेपछि संसद बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ