काठमाण्डु – सशस्त्र प्रहरी बलमा रिक्त दरबन्दीमा बढुवा प्रक्रिया अघि बढाइएको छ । सशस्त्र मुख्यालयले बिहिवार राति रिक्त रहेका सबै पदमा बढुवाको लागि सूचना प्रकाशित गरेको हो ।
सशस्त्रले प्रहरी उपरीक्षक, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङतर्फ प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र स्वास्थ्य तर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको रिक्त पदमा पांच दिनभित्र फारम भरी पेश गर्न सूचना प्रकाशित गरिएको हो ।
त्यसैगरी साधारण र कानुन उपसमूहतर्फ एसएसपी र साधारण र लेखा उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सूचना प्रकाशित गरिएको हो ।
प्राविधिकतर्फ कानुनमा युवराज अर्याल,र कामु एसएसपीहरु विष्णु भट्ट,दिगविजय सुवेदी,विश्व भट्टराई,भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत,दीपेन्द्र कुवर र माधव प्रसाद पौडेललगायतको बढुवा कन्र्फम हुंदैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वांई अहिले १० निकै पछी रहेकामा कन्र्फम गर्दा उनलाई अघि ल्याउने खेल छ । जवकी एक नम्बरमा कामु एसएसपी विष्णु भट्ट छन् ।
कुवंरलाई एक नम्बरमा ल्याउने गरी नियमवाली नै संशोधन गरेर अर्थबाट गृह हुंदै सशस्त्र मुख्यालय आएकै दिन बढुवा प्रक्रिया अघि बढाइएको हो । सशस्त्रमा एसएसपी हुन यसअघि जागिर अवधी चार वर्ष पुगेको हुनुपर्ने नियम थियो । तर, अहिले त्यसलाई संशोधन गरेर तीन वर्ष बनाइएको छ ।
सशस्त्र महानिरीक्षक राजु अर्याल नियुक्त भएपछी रिक्त एआईजी, डिआईजी,एसएसपी र डिएसपी पदमा बढुवा भइसकेको छ । सशस्त्रमा लामो समयदेखि अधिकृतहरुको बढुवा रोकिंदा त्यसले उनिहरुको वृति विकासमा असर परिरहेको गुनासो थियो । तर, अर्याल नियुक्त भएलगत्तै रिक्त दरबन्दीमा बढुवा प्रक्रिया भटाभट अघि बढेको हो ।
यसअघि बढुवामा महानिरीक्षक,गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अन्य शक्ति केन्द्रको स्वार्थ बांझिदा वर्षोसम्म बढुवा रोकिने गरेको थियो । तर, पछिल्लो समय महानिरीक्षक अर्यालले बढुवा गृह नेतृत्वको सहयोगमा अघि बढाएको स्रोत बताउंछ । गृह र सशस्त्र नेतृत्वको टयुनिङ मिलेपछी बढुवा प्रक्रिया अघि बढाउन सहज भएको हो ।
महानिरीक्षक अर्यालले दज्र्यानी चिन्ह लगाएकै दिन वैशाख १० मा सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउने बताएका थिए । उनले व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको सुरुवात गर्ने घोषणा समेत गरेका थिए ।




प्रतिक्रिया