काठमाण्डु – सशस्त्र प्रहरीका ७ जना प्रहरी नायब निरीक्षक (सई) इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फकका ७ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा मणीराम केसी (खत्री), मछेन्द्र शाही, विजयराज थापा क्षेत्री, अनिरुद्र कुँवर, सुनिल बस्नेत, संजय योगी, घनश्याम घिमिरे रहेका छन् ।





प्रतिक्रिया