काठमाण्डु – नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सरकारले जुनियर धीरजप्रताप सिंहलाई आइजीपी बनाएपछि प्रतिस्पर्धी एआइजी विश्व पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमाथि आज अन्तिम सुनुवाईका लागि पेसी तोएिको थियो । तर प्रतिवादीतर्फका कानुन व्यवसायी उपस्थित नभएपछि उक्त मुद्दा शुक्रबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलामा मुद्दाको सुनुवाइ हुँदै आएको छ । उक्त विवादबारे संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा सुनुवाई भैसकेको छ ।
वैशाख १८ मा मन्त्रिपरिषद बैठकले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ । अब यस मुद्दामा अन्तिम फैसला आउन बाँकी छ ।




प्रतिक्रिया