प्रधानमन्त्रीको उदासिनता:गूप्तचरमा तीन महिनादेखी एआईजीको दरबन्दी रिक्त,बढुवा अलपत्र

प्रधानमन्त्रीको उदासिनता:गूप्तचरमा तीन महिनादेखी एआईजीको दरबन्दी रिक्त,बढुवा अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा एआईजी पद रिक्त भएको तीन महिना पुगेको छ । प्रधानमन्त्री कार्यालय रहेको गूप्तचर विभागमा एआईजी रिक्त भएको तीन महिना पुग्दा पनि सरकारले बढुवा प्रक्रिया अनि नबढाएको हो ।

विभागका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मीले वैशाख ९ मा अवकास पाएदेखी नै एआईजीको दरबन्दी रिक्त छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको उदासिनताका कारण बढुवा प्रक्रिया बढ्न नसकेको हो ।

बढुवाका लागि डीआईजीहरु कुलदिप थापा, हुतराज थापा, ओम जोशी र टेकेन्द्र कार्कीलगायत प्रतिस्पर्धामा छन् । गूप्तचरजस्तो संवेदनशिल निकायमा एआईजी पद तिन महिनादेखी रिक्त हुंदा प्रधानमन्त्री देउवालाई कुनै मतलव नभएको विभाग स्रोत बताउंछ । बढुवाका लागि प्रतिस्पर्धामा रहेका डिआईजीहरु अहिले शक्ति केन्द्र धाइरहेका छन् । तर, बढुवा प्रक्रिया अघि नबढेको बताइन्छ ।

बढुवा अघि नबढनुमा निकटकालाई भावी नेतृत्वमा ल्याउने खेलका रुपमा बुझिएको छ । प्रधानमन्त्री देउवाले रिक्त एआईजी पदमा जोशीलाई बढुवा गर्न खोजेको स्रोतको दावी छ ।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले थापालाई बढुवा गर्न दबाव दिएको गूप्तचर स्रोत बताउंछ । थापा माओवादी निकट र जोशी कांग्रेस निकट हुन् ।

प्रधामन्त्री जोशीको पक्षमा उभिएपछि गूप्तचरमा एआईजीको दरबन्दी थपेर भएपनि थापालाई बढुवा गर्ने खेल छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले त्यसको लागि प्रयास गरेका थिए । तर, प्रधानमन्त्री कार्यालयमा गूप्चतर हेर्ने सचिव लक्ष्मण अर्यालले अहिले दरबन्दी थप्ने काम बेठिक हुने भनेपनि प्रक्रिया अघि बढ्न नसकेको हो ।

शर्माले ल्याएको बजेटको प्रशासनिक खर्चमा कटौती शिर्षकको ३७९ नम्बर बुदामा निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयां दरबन्दी थप गरिने छैन भन्ने विषय उल्लेख छ । त्यसैपनि ३४ हजार दरबन्दी रहेको सशस्त्र प्रहरी बलमा दुई एआईजीको दरबन्दीले काम गरिरहेको छ भने ३ हजार पुग नपुग संख्या भएको गूप्तचरमा थप दरबन्दी किन चाहियो भन्ने प्रश्न समेत छ ।

राअवि २०७४ फागुनबाटै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो । त्यसयता गूप्तचरको बढुवा सरुवा समेत प्रधानमन्त्री कार्यालय नै हेर्दै आएको छ ।

रिक्त एआईजी पदमा बढुवा हुने डीआईजी नै आगामी भदौ २४ पछि संगठन प्रमुख हुने छन् । त्यसैले पनि अहिलेको बढुवा पेचिलो भएको हो । गूप्तचरका मुख्य अनुसन्धान निर्देशक (प्रमुख) यदुलाल खरेलले आगामी भदौ २३ गते अवकास पाउंदैछन् । एआईजीका प्रतिस्पर्धी थापा आगामी साउन ५ मा र थापा भदौ १३ मा डीआईजीको ५ वर्षे पदावधिका कारण अवकासमा जांदैछन् ।

पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उप-सभापति पूर्णबहादुर खड्काले भने कार्कीको बढुवाका लागि प्रयास गरिरहेका छन् । कार्की अहिले रिक्त पदमा बढुवा नभए भदौ २३ पछी उनलाई एआईजी बनाउने सम्भावना छ ।