कुपण्डोलमा प्रेसर कुकर बम फेला, विप्लवका दुई नेता पक्राउ

कुपण्डोलमा प्रेसर कुकर बम फेला, विप्लवका दुई नेता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -ललितपुरको कुपण्डोलमा प्रेसर कुकर बम फेला परेको छ । बम डिस्पोजका लागि अहिले सुरक्षाकर्मी आइपुगेको छ । बम निष्क्रिय गर्ने प्रयास भइरहेको छ । बम फेला परेपछि स्थानीय त्रसित बनेका छन् । बम फेलापरेपछि कुपण्डोलमा सवारी आवगमन प्रभावित भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

त्यस्तै प्रेसर कुकर बमसहित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई नेतालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबार मार्गबाट खटिएको प्रहरी टोलीले उक्त पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सञ्ज्याल रावललाई जमलबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै कैलालीका हुन्।

उनीहरू सवार से ५ प ६७०१ नम्बरको स्कुटर चेकजाँचका क्रममा कार्टुनमा प्याक गरेर ल्याएको प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ।वृत्तका अनुसार बिहान सवा ३ बजे उनीहरू पक्राउ परेका हुन्। उक्त बम डिस्पोजका लागि प्रहरीले खुलामञ्चमा लगेको थियो।

बिहान ६ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ। विप्लव समूहले मंगलबार नेपाल बन्द आह्वान गरेको छ।