काठमाण्डु – भारतीय थलसेनाका सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउने भएका छन् । ३० अप्रिलमा भारतीय सेनाको प्रमुख बनेका पाण्डे सेप्टेम्बर पहिलो साता नेपाल भ्रमणमा आउने तयारीमा रहेको स्रोतको दावी छ । उनको भारतीय सेना प्रमुखमा नियुक्त भएपछिको यो पहिलो नेपाल भ्रमण हो ।
पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान ग्रहण गर्ने कार्यक्रम छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ ।
नेपाली सेनाका १४ जना प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी र भारतीय सेनाका १८ जना सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाइसकेका छन् । जनरल पाण्डेले मानार्थको उपाधी पाएसंगै उनि भारतको १९ औं सेनाध्यक्ष हुनेछन् ।
सेनाध्यक्ष पाण्डेको भ्रमणको बेला द्धिपक्षिय सैनिक सम्बन्धलाई मजबूत बनाउनेबारे छलफल हुनुका साथै उनले उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले आफ्ना समकक्षी नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्मासंग समेत भेटवार्ता गर्नेछन् । पाण्डेको भ्रमणबारे दुई देशका सैनिक अधिकारीहरु तयारीमा जुटेका छन् ।




प्रतिक्रिया