जलेश्वर नगरपालिकाका मेयर मिश्र र राजपाका नेता पाण्डे अदालतमा हाजिर

जलेश्वर नगरपालिकाका मेयर मिश्र र राजपाका नेता पाण्डे अदालतमा हाजिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी– शसस्त्र प्रहरीका असइ थमन विक हत्याका दुई जना अभियुक्त महोत्तरी जिल्ला अदालत जलेश्वरमा हाजिर भएका छन्। जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राजपाका नेता सुरेश पाण्डे अदालत समक्ष हाजिर भएका हुन्।

विहान दश बजे उनीहरुले हाजिरी गराई बयान गरीपाउँ भन्दै निवेदन पेश गरेका थिए। अहिले उनीहरुको बयान लिने काम भइरहेको छ।

२०७२ भदौ २५ गते शसस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असइ थमन विकको मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो। उनीहरु सोही मुद्दाका फरार अभियुक्तको रुपमा थिए।

हिजो मात्रै प्रदेश नम्बर दुईका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष हाजिर भएका थिए। उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ।