काठमाण्डु –नेपाली सेनाका एक उच्च अधिकारीले संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी पाएका छन्
सेनाको युद्धकार्य महानिर्देशक समेत रहेका उपरथी निर्मल कुमार थापाले शान्ति मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन् । उनलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले शुक्रवार फोर्स कमाण्डरमा नियुक्त गरेका हुन् ।
थापा मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्ने अवसर पाउने तेस्रो सैनिक अधिकारी हुन् । उनको नियुक्तिका लागि नेपाली सेनाले राष्ट्रसंघका प्रभावशाली सदस्य राष्ट्रहरुसंग लविङ गरेको थियो ।
अनडफ मिसनमा नेपाललगायत झण्डै ४० देशका सैनिक कार्यरत रहेका छन् । यसअघि नेपाली सेनाका अवकासप्राप्त रथी ईश्वर हमालअनडफ मिसनको प्रमुखका रुपमा कार्यरत थिए ।
उनले सेनाबाट अवकास पाइसकेका छन् । तर, सेनाले उनको पद कायम रहेसम्मका लागि रथी पदमा रहने गरी मन्त्रिपरिषदबाट स्विकृती लिएर राखेको थियो । यसअघि नेपाली सेनाकै उपरथी शिवराम खरेल कार्यवाहक प्रमुखका रुपमा कार्यरत थिए ।
बंङगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका थापा राष्ट्रसंघीय शान्ति मिसनमा यूएनको उच्च तहमा जिम्मेवारी पाउंने सातौं सैनिक अधिकारी बन्न सफल भएका छन् ।
अनडफ मिसनको हेडको रुपमा यसअघि प्रधानसेनापतिबाट अवकास पाएका पूर्णचन्द्र थापाले सन् २०१५ मा जिम्मेवारी पाएका थिए ।उपरथी निर्मल थापासंग राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सह संयोजक,सैनिक सचिव र युद्धकार्य महानिर्देशकजस्तो महत्वपूर्णजिम्मेवारी सम्हालेको अनुभव छ ।
नेपाली सेनाबाट यसअघि हमालसहित पूर्वरथी बालानन्द शर्माले सन् ००४ देखि ०६ सम्म हेड अफ मिसन कमान्डरको जिम्मेवारीसम्हालेका थिए । त्यसैगरी उपरथी चित्रबहादुर गुरुङले सन् २००० देखि ०२ सम्म तत्कालिन राष्ट्रसंघीय महासचिव कोफी अन्नानकोसहायक सैनिक सल्लाहकार तथा कार्यबाहक सल्लाहकारको रूपमा काम गरेका थिए ।
त्यस्तै, रथी कृष्णनारायण सिंह थापाले सन् १९९३ देखि ०९५ सम्म इराक तथा कुवेतस्थित शान्ति सेनाको फोर्स कमान्डर, रथीभिक्ट्रीशमशेर राणाले सन् १९९९ देखि २००१ सम्म साइप्रसमा फोर्स कमान्डर, उपरथी पवनजंग थापाले सन् २००७–०८ मा सुडानस्थितफौजको फोर्स कमान्डरको जिम्मेवारी पाइसकेका छन् । सन् २०११ देखी नै गृहयुद्ध सुरु भएपछि संयुक्त राष्ट्रसंघले नेपाललगायत झन्डै४० देशका सेना गोलानहाइटमा तैनाथ गरेको छ ।




प्रतिक्रिया