सुपर ग्यास उद्योगमा आगलागी घटनाबारे छानबिन गर्न समिति गठन

सुपर ग्यास उद्योगमा आगलागी घटनाबारे छानबिन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्ज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ।

 

दुई जनाको ज्यान जाने गरी गत बुधबार भएको आगलागी घटनाको छानबिनका लागि आपूर्ति मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको हो।

 

 

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक संयोजक रहने सो समितिमा उद्योग विभागका उपसचिव (प्राविधिक), नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक उपसचिव (प्राविधिक), नेपाल आयल निगमका निर्देशक (एलपिजी विभाग) तथा नेपाल आयल निगमका प्रबन्धक (एलपिजी विभाग) सदस्य रहेको आपूर्ति मन्त्रालयलका सहसचिव÷प्रवक्ता मुकुन्दप्रसाद पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।