मालपोत कार्यालयमा बम विस्फोट, तीन घाइते

मालपोत कार्यालयमा बम विस्फोट, तीन घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा– जिल्ला मालपोत कार्यालयमा बम विस्फोट हुँदा तीन जना घाइते भएका छन्।

 

 

 

बम विस्फोटमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका–१, का पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२, सारस्वरका राजकुमार पासवान र रोशन पासवान घाइते भएका हुन्।

 

 

 

बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिए।

 

 

मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसरकुकर बम शुक्रबार दिउँसो विस्फोट भएको हो।