मंगलबार नेप्से ४५ अंकले घट्यो

मंगलबार नेप्से ४५ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको तेस्रो दिन मंगलबार नेप्से परिसुचक उच्च अंकले ओरालो लागेको छ । सोमबार १७ अंक बढीले ओरालो लागेको नेप्से मंगलबार ४५.४२ अंकले ओरालो लागेको हो ।

उच्च अंकको गिरावटसँगै नेप्से २ हजार ६० को विन्दुमा पुगेर रोकिएको छ । कारोबार भएका १३ उपसमुहमध्ये सबैजसो उपसमुह राताम्मे देखिएका छन् । यस्तै, १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटाको मूल्य बढेको छ।

आज कारोबार अवधिभर २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लख बढीको कारोबार भएको छ।