सरकारले भन्यो- विप्लव समूहका ३२२ मुद्दा फिर्ता हुंदैन

सरकारले भन्यो- विप्लव समूहका ३२२ मुद्दा फिर्ता हुंदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसकिने बताएको छ ।

तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएपछि गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै सो बताएका हुन् ।

पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खातीले भने, ‘फौजदारी संहिताको दफा १५९ को नेगेटिभ लिस्टमा फिर्ता लिन नमिल्ने प्रकृतिका ३२२ वटा मुद्दा छन्, ती मुद्दा फिर्ता हुँदैनन् ।’

त्यस्ता मुद्दामा भ्रष्टाचार, यातना, जबर्जस्ती करणी, क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, तेजाब प्रयोग गरी ज्यान मारेको वा अंगभंग गरेको वा शारीरिक क्षति पु¥याएको आदि रहेका छन् ।

व्यक्तिगत रुपमा आपराधिक क्रियाकलापमा संलग्न भएका मुद्दा फिर्ता नहुने महान्यायाधिवक्ता खातीले बताए ।