खुर्कोटमा कुमारी बैंकको शाखा विस्तार

खुर्कोटमा कुमारी बैंकको शाखा विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक लिमिटेडले खुर्कोटमा आफ्नो शाखा विस्तार गरेको छ । बुधबार कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा  सिन्धुली जिल्लास्थित खुर्कोट शाखा संचालनमा ल्याएकोे हाे ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना बनाएको छ ।

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैँ आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।