सोमबार नेप्से सामान्य अंकले घट्यो

सोमबार नेप्से सामान्य अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ४.२९ अंकले घटेर परिसूचक १९७३.०१ बिन्दुमा रोकिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार दोस्रो कारोबार दिन आज २२४ कम्पनीको मात्र कारोबार भएको छ। २१ हजार ४ सय ७१ पटकको खरिदबिक्रीमा २४ लाख ४४ हजार कित्ता सेयर बिक्री भएको हो।

बजारमा सामान्य गिरावट आउँदा बैंकिङ समूहको उपसूचक १.३९, विकास बैंक १०.८९, वित्त कम्पनी ९.८८, जलविद्युत ६.१०, जीवन बीमा ५.०६, निर्जीबन बीमा ४.३७, अन्य समूहको उपसूचक १५.२१ अंकले घटेको छ ।