सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एक १७ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखिने भएको छ ।

जिल्ला अदालत काठमाण्डुले आज लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको हो ।

गत बिहीबार कतारको दोहा हुँदै नेपाल फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । दशैँ विदा सकिएलगत्तै सोमबार अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो ।

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २० गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् ।