निरुको उम्मेदवारी फिर्ता गराउन बारामा प्रहरी परिचालन

निरुको उम्मेदवारी फिर्ता गराउन बारामा प्रहरी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – बाराको निर्वाचन क्षेत्र नं.४ को (क) मा स्वतन्त्र उम्मेदवारी दिएकी नारायणी रायमाझी (निरु) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ ।

सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध रायमाझिले उम्मेदवारी दिएपछि गठबन्धन दलले इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको नेतृत्वमा प्रहरी परिचालन गरेको हो ।

सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन डिएसपी तिमल्सिना आफै पुगेका थिए । रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएपछि केहीबेर सिमराको एक होटल क्षेत्र तनावग्रस्त भएको थियो ।

सत्तारुढ दलका शीर्ष नेताबाट उम्मेदवारी फिर्ता गराउन भएको प्रयास असफल भएपछि प्रहरीसमेत परिचालन गरिएको उम्मेदवार रायमाझीले बताइन ।