नेकपा एसका उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित

नेकपा एसका उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको सुनुवाइ स्थगित भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासमा पेशी तोकिएपनि निवेदकको कानून व्यवसायीकातर्फबाट सुनुुवाई स्थगित गराइएको हो ।

सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उम्मेदवारी दिएका गुरुङको बैंकिङ कसुर कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।

अदालतमा विचाराधीन भएको मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहीबार अदालतमा उजुरी दिएका थिए ।