आज थपिए १७ सय ८७ जना डेंगुका विरामी, दुई जनाको मृत्यु

आज थपिए १७ सय ८७ जना डेंगुका विरामी, दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ ।

हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।