महोत्तरीको भंगाहा घटनामा जुट्यो सहमति

महोत्तरीको भंगाहा घटनामा जुट्यो सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महोत्तरीको भंगाहा नगरपालिकामा मुस्लिम समुदाय र हिन्दु समुदायबीच सहमति जुटेको छ । शुक्रबार दुई पक्षबीच ८ बुँदे सहमति भएको हो ।

बिहीबार पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँर्दै याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था त्यहाँ तनावग्रस्त बनेको थियो । झडपमा दुवै पक्षबीचका केही व्यक्ति घाइते समेत भएका थिए । स्थिती तनावग्रस्ता बनेपछि त्यहाँ करफ्यु लगाइएको थियो ।

असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।