काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेकी छन् ।
जनकपुरधामस्थित गङ्गासागर पोखरीमा आयोजित छठ पूजा कार्यक्रममा देउवाले आज दिउँसो ४ बजे अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेकी हुन् । सो अवसरमा उनले छठ पूजासमेत गरिन् । जनकपुरधामलाई छठ पर्वका लागि प्रसिद्ध धार्मिकस्थल मानिन्छ ।
उनी आइतबार विहान जनकपुरधाम पुगेकी थिइन् । सोमबार (भोलि) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा नेत्री राणा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया