तोसिमा कार्की र ‘नो, नट अगेन’काे रिट न्यायाधीश चुडालको इजलासमा

तोसिमा कार्की र ‘नो, नट अगेन’काे रिट न्यायाधीश चुडालको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘नो, नट अगेन’ माथि प्रतिबन्ध लगाउने र डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

दुवै रिट न्यायाधीश कुमार चुडालको एकल इजलासमा परेको छ ।

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी कार्की लाभको पदमा रहेको भन्दै आयोगले गत शनिबार उनको उम्मेदवारी खारेज गरिदिएको थियो। यस्तै, ‘नो नट अगेन’लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता भएको थियो ।