काठमाण्डु – नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार घोषणापत्र सार्वजनिक गर्दै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको हो ।
जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ । त्यस्तै २ वर्षमा विद्युत्मा पहुँच हुने जनसंख्या सतप्रतिशत पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ।




प्रतिक्रिया